१० श्रावण २०८३, आइतबार

जीवन बीमा व्यवसाय: कम्पनीहरुले गरे ४० अर्ब दावी भुक्तानी, झण्डै ४ अर्ब बाँकी, कुनको कति ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा धेरै दावी भुक्तानी गर्नेको पहिलो सूचीमा छ । अधिकांश सूचकहरुमा अब्बल प्रस्तुति दिँदै आएको कम्पनीले ९ महिनामा १० अर्ब बढी दावी भुक्तानी गरेको छ ।

संचालनमा रहेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ३९ अर्ब ८९ करोड ९३ लाख रुपैयाँ कुल दावी भुक्तानी गरेको छन् । यो कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हो । सोमध्ये सबैभन्दा धेरै दावी भुक्तानी गर्नेमा नेपाल लाइफ अगाडि देखिएको छ । सो अवधिमा कम्पनीले १० अर्ब ९५ करोड ३४ लाख ९६ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

दोस्रो स्थानमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल (एलआईसी) रहेको छ । समिक्षा अवधिमा कम्पनी ६ अर्ब ५५ करोड १८ लाख रुपैयाँ बढी दावी भुक्तानी दिएको छ । तेस्रो स्थानमा रहेको नेशनल लाइफले चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै, एशियन लाइफले पनि ५ अर्ब १२ करोड ८६ लाख ५७ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यता, मेट लाइफले भने २ अर्ब १७ करोड ९ लाख रुपैयाँ बढी दावी भुक्तानी दिएको हो । समिक्षा अवधिमा सबैभन्दा कम दावी भुक्तानी भने महाक्ष्मी लाइफको देखिएको छ । चालु आवको ९ महिनामा कम्पनीले २० करोड ४८ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएको हो ।

यस्तै, सूर्यज्योति लाइफले १ अर्ब ४३ करोड ३२ लाख ८७ हजार रुपैयाँ, सिटिजन लाइफले १ अर्ब ३३ करोड ३१ लाख रुपैयाँ बराबरको दावी भुक्तानी दिएका छन् । यता, साविकको गुराँस लाइफले १ अर्ब २ लाख, प्राइम लाइफले ९८ करोड ३३ लाख र युनियन लाइफले ९० करोड १६ लाख रुपैयाँ बराबरको दावी भुक्तानी गरेका छन् । यी तीनै वटा कम्पनी एक आपसमा मर्जरमा गई हाल हिमालयन लाइफको नामबाट एकीकृत कारोबार थालनी गरेका छन् ।

त्यसैगरि समिक्षा अवधिमा आइएमई लाइफले ८३ करोड ४७ लाख १५ हजार, सन नेपालले ८२ करोड ९६ लाख, प्रभु लाइफले ५२ करोड ४८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४७ करोड ४८ लाख रुपैयाँ दावी भुक्तानी दिएको हो ।

तर, झण्डै चार अर्ब भने दावी भुक्तानी हुन् बाँकी, सानिमा रिलायन्सको धेरै

चालु आवको ९ महिनामा जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले बीमितलाई झण्डै चार अर्ब रुपैयाँ भने दावी भुक्तानी गर्न बाँकी देखिएको छ ।

चैत मसान्तसम्ममा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दावी रकम ३ अर्ब ८६ करोड ६ लाख ७७ हजार रुपैयाँ देखिएको छ ।समिक्षा अवधिमा सबैभन्दा धेरै भुक्तानी हुन बाँकी दावी रकम सानिमा रिलायन्सको देखिएको छ । कम्पनीले ९६ करोड ६१ लाख ७४ हजार रुपैयाँ भुक्तानी हुन् बाँकी देखिएको छ ।

भुक्तानी हुन् बाँकी दावी रकम नेपाल लाइफको दोस्रो धेरै छ । कम्पनीले आफ्ना बीमितलाई ८४ करोड ६३ लाख रुपैयाँ दावी गर्न बाँकी देखिएको छ । यस्तै, नेशनल लाइफको ७९ करोड ३० लाख, मेट लाइफको ६१ करोड ६१ लाख, एलआईसी नेपालको ३४ करोड ८९ लाख रुपैयाँ दावी भुक्तानी हुन् बाँकी देखिएको छ ।

यस्तै, सिटिजन लाइफको ११ करोड २९ लाख, सूर्यज्योति लाइफको ६ करोड ४७ लाख, आइएमई लाइफको ४ करोड १३ लाख, एशियन लाइफको ४ करोड १२ लाख रुपैयाँ बाँकी देखिएको छ।

वित्तीय विवरणअनुसार साविकको गुराँस लाइफको भुक्तानी हुन् बाँकी दावी रकम कम देखिएको छ । समिक्षा अवधिमा कम्पनीले २० लाख ८२ हजार रुपैयाँ मात्रै भुक्तानी गर्न बाँकी देखिएको हो ।

कुनको कति ?


प्रतिक्रिया दिनुहोस्