घटाइयो पुनर्बीमा कम्पनीले पाउने डाइरेक्ससन बिजेनश, ५ बर्षपछि शुन्य नै
काठमाडौं । नेपाली पुनर्बीमा कम्पनीले ५ बर्षपछि स्वदेशी बीमा कम्पनीबाट प्रत्यक्ष हिस्सा (डाइरेक्सेसन) अन्तरगतको व्यवसाय नपाउने भएका छन् ।
अहिले बीमा कम्पनीहरुले ३० प्रतिशत (दुई पुनर्बीमा कम्पनीमा १५।१५ प्रतिशत) अनुपातमा अनिवार्य रुपमा पुनर्बीमा गनुपर्ने व्यवस्था छ । तर, ५ बर्षपछि यसलाई शुन्यमा झार्ने गरि नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० जारी गरेको छ ।
निर्देशिका अनुसार बीमा कम्पनीहरुले चालु आर्थिक बर्ष २०७९।८० अन्तिमसम्म १० प्रतिशतको अनुपातमा स्वदेशी कम्पनीमा प्रत्यक्ष हिस्सा अन्तरगतको पुनर्बीमा गर्नुपर्छ । आगामी आवमा त्यसलाई क्रमश घटाउँदै लगेर आव २०८४।८५ मा यसलाई शुन्यमा झार्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
आव २०८०।८१ मा ८ प्रतिशत, आव २०८१।८२ मा ६ प्रतिशत, आव २०८२।८३ मा ४ प्रतिशत, आव २०८३।८४ मा २ प्रतिशत कायम हुने गरि प्रत्यक्ष हिस्सा अन्तरगतको पुनर्बीमा गर्नुपर्नेछ । पाँच बर्षपछि यसलाई शुन्यमै झार्नुपर्ने प्राधिकरणको निर्देशन छ ।
यद्यपि, प्रत्यक्ष हिस्सा अन्तरगत हवाई बीमा, हुलदंगा तथा आतंकवाद र विविध बीमा अन्तरका बीमा, स्वास्थ्य बीमा, यात्रा बीमा, ट्रेकिङ बीमा भने समावेश हुने छैन । निर्देशिकाअनुसार यो सबै शर्त ट्रिटी पुनर्बीमामा लागू हुनेछ ।
यस्तो छ बीमा प्राधिकरणले जारी गरेको बीमकको पुनर्बीमा निर्देशिका २०८०,













