२९ श्रावण २०८३, शुक्रबार

आइएमई पेमार्फत भुक्तानी गर्दा अरोगीन हेल्थकेयरमा ४५ प्रतिशत छुट



काठमाडौं । आइएमई पे’ र अरोगीन हेल्थकेयर बीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएकोछ । सम्झौता अनुसार, अब अरोगीन हेल्थकेयरमा आइएमई पे मार्फत भुक्तानी गर्दा ४५ प्रतिशत सम्म छुटप्राप्त सकिनेछ ।

सम्झौता पत्रमा अरोगीन हेल्थकेयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत अरोगीन हेल्थकेयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पेमार्फत भुक्ततानी गर्दा सुबिधा बमोजिम ५प्रतिशत देखि ४५प्रतिशत सम्म छुट प्रदान गरिनेछ । सो छुट सिमित सेवालाई मात्र लागुहुनेछ ।