सवा खर्ब पुग्यो जीवन बीमा कम्पनीको व्यापार, नेपाल लाइफको अग्रता कायमै, एलआइसीलाई पछ्याउदैं नेशनल
काठमाडौं । जीवन बीमा कम्पनीले १ अर्ब माथि कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार आर्थिक वर्ष २०७९÷०८० को बैशाखसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
तथ्याङक अनुसार सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । बैशाख मसान्तसम्ममा कम्पनीले २९ अर्ब ६५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
दोस्रो नम्बरमा एलआइसी नेपाल रहेको छ । कम्पनीले सो अवधिमा १४ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रो नम्बरमा नेशनल लाइफले १२ अर्ब ३९ करोड रुपैयाँ, चौथो नम्बरमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ५८ करोड रुपैयाँ र पाँचौ नम्बरमा सूर्यज्योति लाइफले ६ अर्ब ७७ करोड
त्यस्तै, बीमा शुल्म आर्जन गर्नेमा क्रमशः यूनियन लाइफले ६ अर्ब २३ करोड, एशियन लाइफले ५ अर्ब ६८ करोड, सिटिजन लाइफले ४ अर्ब ४२ करोड, सानिमा रिलायन्स लाइफले ४ अर्ब ४१ करोड, मेट लाइफले ४ अर्ब २७ करोड, प्राइम लाइफले ३ अर्ब ५२ करोड, आइएमई लाइफले ३ अर्ब २६ करोड, सन नेपाल लाइफले ३ अर्ब १३ करोड, रिलायबल नेपाल लाइफले ३ अर्ब ५२ करोेड रुपैयाँ आर्जन गरेका छन् ।
साथै, गुराँस लाइफले २ अर्ब ३९ करोड, प्रभु लाइफले १ अर्ब ६९ करोड रुपैयाँ, महालक्ष्मी लाइफले १ अर्ब ३१ करोड र साविक यूनियन, प्राइम र गुराँस लाइफ एक आपसमा मर्ज भई बनेको हिमालयन लाइफले १५ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।













