नयाँ विजनेश ग्रोथमा बीमा संस्थान अगाडि: नेपाल लाइफको धेरै, नेशनललाई पच्छ्याउँदै सूर्यज्योति
काठमाडौं । नयाँ व्यवसाय भित्र्याउन (प्रथम बीमा शुल्क आर्जन) मा राष्ट्रिय बीमा संस्थान अगाडि देखिएको छ ।
नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत चैत महिनासम्मको तुलनामा राष्ट्रिय बीमा कम्पनीले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) ८०.३८ प्रतिशतले बढाएको छ । बैशाख महिनासम्ममा कम्पनीले ८४ करोड ९१ लाख २५ हजार प्रथम बीमा शुल्क आर्जन गरेको छ । तर, गत चैत महिनासम्ममा भने कम्पनीको यस्तो शुल्क आर्जन ४७ करोड ७ लाख रुपैयाँ रहेको थियो ।
बैशाख महिनासम्ममा संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले कुल २३ अर्ब ३२ करोड ७८ करोड लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याउन सफल भएका छन् । जुन गत चैत महिनाको तुलनामा ११ प्रतिशत अर्थात २ अर्ब ३२ करोड २५ लाख रुपैयाँले बढी हो । गत चैत महिनासम्ममा कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए ।
जीवन बीमा १ वर्षका लागि मात्रै नभएर बहुवर्षीय अवधिका लागि गरिन्छ । तर, त्यसको शुल्क भने वार्षिक रुपमा भुक्तानी गरिन्छ । त्यसअनुसार बीमा गर्ने व्यक्तिले पहिलो वर्ष तिर्नेलाई शुल्कलाई प्रथम बीमाशुल्कको रुपमा गणना गरिन्छ । त्यसपछिका वर्षहरुमा तिरिने शुल्कलाई भने नविकरणीय शुल्कमा गणना गरिन्छ ।
नयाँ बिजनेश नेपाल लाइफको धेरै, एक महिनामा ४३ करोड भित्र्यायो
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रथम बीमा शुल्क आर्जन सबैभन्दा धेरै छ । कम्पनीले बैशाख मसान्तसम्ममा ४ अर्ब ४९ करोड २३ लाख ९४ हजार रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । जुन गत चैत मसान्तसम्मको तुलनामा १०.६० प्रतिशतले बढी हो । बैशाखमा मात्रै कम्पनीले ४३ करोड ७ लाख रुपैयाँ बढीले प्रथम बीमा शुल्क आर्जन बढाएको हो । बैशाख महिनासम्ममा भने कम्पनीको कुल बीमा शुल्क आर्जन २९ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।
नयाँ बिजनेशमा नेशनललाई पच्छ्याउँदै सूर्यज्योति
नयाँ व्यवसाय भित्र्याउन नेशनल लाइफलाई सूर्यज्योति लाइफले पच्छ्याएको देखिएको छ । चालु आवको बैशाखसम्ममा नेशनलले २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको नयाँ बिजनेश गरेको छ । जुन गत चैतसम्मको तुलनामा ९.९२ प्रतिशतले बढी हो । बैशाख महिनामा मात्रै कम्पनीले २६ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । कम्पनीको चालु आवको १० महिनासम्ममा कम्पनीको कुल बीमा शुल्क आर्जन १२ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ रहेको छ ।
यस्तै, चालु आवको बैशाख मसान्तसम्ममा सूर्यज्योति लाइफ पनि नयाँ बिजनेश ल्याउन अघि नै देखिएको छ । १० महिनामा धेरै नयाँ व्यवासय गर्नेको तेस्रो सूचीमा सूर्यज्योति छ । सो अवधिमा कम्पनीले २ अर्ब ६ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको हो । गत चैत महिनासम्ममा भने कम्पनीले १ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो । बैशाख महिनामा मात्रै कम्पनीले १७ करोड ८२ लाख १२ हजार रुपैयाँ नयाँ व्यवासाय भित्र्याएको हो ।
एलआईसी नेपालसहित सात कम्पनीले १ अर्ब माथिको नयाँ व्यवसाय
चालु आवको बैशाख महिनासम्ममा सात वटा जीवन बीमा कम्पनीको नयाँ व्यवसाय १ अर्ब माथि देखिएको छ। समिक्षा अवधिमा एलआइसी नेपालको प्रथम बीमा शुल्क १ अर्ब ८३ करोड ३६ लाख रुपैयाँ रहेको छ ।
एलआइसी नेपालले एक महिनामा नयाँ व्यवसाय १०.९६ प्रतिशतले बढाएको हो । गत चैत मसान्तसम्म भने कम्पनीको प्रथम बीमा शुल्क १ अर्ब ६५ करोड २५ लाख रुपैयाँ रहेको थियो । कम्पनीले चालु आवको बैशाख मसान्तसम्मा भने कुल १४ अर्ब १८ करोड ८५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
समिक्षा अवधिमा सन नेपाल लाइफले कुल १ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ बराबरको नयाँ बिजनेश गरेको छ । गत चैत मसान्तसम्मको तुलनामा भने कम्पनीको यस्तो व्यवसाय ९.११ प्रतिशतले बढी हो ।
यस्तै, सिटिजन लाइफले बैशाख महिनासम्ममा १ अर्ब ४० करोड ४० लाख रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ३३ करोड २४ लाख, एशियन लाइफले १ अर्ब १४ करोड ९५ लाख, रिलायवल नेपालले १ अर्ब ११ करोड ९७ लाख र आइएमई लाइफले १ अर्ब ५ करोड ४ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेका छन् । यी कम्पनीहरुले गत चैत मसान्तसम्मको तुलनामा भने क्रमश: ९.९२ प्रतिशत, ११.४८ प्रतिशत, ९.५७ प्रतिशत, ७.९९ प्रतिशत र ९.४३ प्रतिशतले नयाँ व्यवासय वृद्धि गरेका हुन् ।
एकीकृत कारोबारपछि हिमालयन लाइफको डेढ करोडको नयाँ व्यापार
समिक्षा अवधिमा साविकको प्राइम लाइफले ६० करोड ४४ लाख, युनियन लाइफले ९४ करोड ४४ लाख र गुराँस लाइफले २८ करोड ४१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । यी तीनै वटा कम्पनी एक आपसमा गाभिएर हाल हिमालयन लाइफको नामबाट एकीकृत कारोबार थालनी गरेका छन् । एकीकृत कारोबार पछि भने कम्पनीले २ करोड ४३ लाख रुपैयाँ बढी नयाँ बिजनेश गरेको बीमा प्राधिकणको तथ्याङ्कमा उल्लेख छ ।
कुनको नयाँ बिजनेश कति ?














