२९ श्रावण २०८३, शुक्रबार

एनआईबीएल एस क्यापिटल र सस्तो डिलबिच एक सम्झौता पत्रमा हस्ताक्षर



काठमाडौं । एनआईबीएल एस क्यापिटल र सस्तो डिलबिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत संचालित एनआईबीएल सहभागीता फण्डमा “Corporate Payroll SIP” मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सस्तो डिल प्रा.ली.का विभिन्न तहका कर्मचारीहरुलेआफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना मार्फत लगानी गर्न सक्नेछन्।

उक्त सम्झौतामा सस्तो डिलका तर्फबाट कम्पनिकी प्रमुख वित्त अधिकृत सुमित्रा केसी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका नायब महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।