२८ श्रावण २०८३, बिहिबार

पुँजी बजारको नकरात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन : पूर्व अर्थमन्त्री पौडेल



काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले पुँजी बजारको नकरात्मक परिदृश्यको जिम्मेवारी लिने कोही नभएको बताए ।

आइतबार जारी प्रतिनिधि सभाको बैठकले पूर्व अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । देशको अर्थतन्त्र कस्तो अवस्था भन्ने कुरा पुँजी बजारको अवस्थामा प्रष्ट पारेको उनको भनाई छ । ‘अर्थतन्त्रको ऐना मानिने पुँजीबजारको अवस्थाले पनि हाम्रो अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने बताएको छ’– पौडेलले भने ।

नेप्से परिसुचक १९५० को वरिपरि झरेको उनले बताए । यसका साथै दैनिक हुने कारोबार पनि खस्किँदै गएको उनको भनाई छ । उनले भने,–‘२०७७ भदौमा नेप्से परिसूचक ३२०० पुगेको थियो। दैनिक २० अर्बको कारोबार हुन्थ्यो र बजारको पुँजीकरण कूल ग्रहस्थ उत्पादनको हाराहारी अर्थात ४५ खर्ब पुगेको थियो। तर अहिले नेप्से परिसूचक १९५० को वरीपरी झरेको छ ।’ उनले थपे,–‘दैनिक कारोबार २ अर्बको हाराहारीमा झरेको छ र बजार पुँजीकरण २८ खर्बको हाराहारीमा खुम्चिएको छ। पुँजीबजारको यस्तो नकारात्मक परिदृश्यको जिम्मेवारी लिने कोही छैन।’