२८ श्रावण २०८३, बिहिबार

इप्पान नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घोषणा



काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्वका लागि गणेश कार्की समूहले प्यानल घोषणा गरको छ ।

कार्कीको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी र पाँच उपाध्यक्षहरुमा आशिष गर्ग, भरत बहादुर खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी र उत्तम व्लोन लामाले उम्मेदवारी घोषणा गरेका हुन् ।

त्यस्तै, महासचिवमा बलराम खतिवडा, उपमहासचिवमा प्रकाशचन्द्र दुलाल, सचिवका लागि भरत खड्का, विक्रम बिष्ट, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तले उम्मेदवारी घोषणा गरेका हुन् ।

इप्पानको नयाँ नेतृत्वका लागि मंगलबार (जेठ ३० गते) मनोनय दर्ता हुँदैछ । कम्पनीले २१औं वार्षिक साधारण सभा जेठ ३२ लागि बोलाएको छ । सोही सभामा संस्थाको आगामी नयाँ नेतृत्व पनि चयन हुनेछ ।