२८ श्रावण २०८३, बिहिबार

गिट्टी ढुङ्गा अब वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र निर्यात



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वातावरणीय हिसाबले उपयुक्त देखिएको अवस्थामा मात्र ढुङ्गा गिट्टी निर्यात गर्ने भनिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभामा २०८०/८१ को बजेटमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । ’हाम्रो प्राकृतिक स्रोतलाई उपयोग गरी मौद्रिकीकरण गर्न सम्भाव्यता अध्ययन गरी निर्यातको आधार तयार गर्न खोजिएको हो। तर वातावरणीय पक्षलाई उपेक्षा गरिने छैन’ -उनले भने ।

चुरेलाई नै भत्काएर निर्यात गर्न खोजेको जसरी व्याख्या गरिएको उनको भनाई छ । ‘जहाँ जहाँ निर्यात गर्न मिल्छ त्यहाँको निर्यात गर्छौ । भुटानले पनि त निर्यात गरिरहेको छ । ढुङ्गा के खनिज जन्य होइन र ? अष्ट्रेलियामा पनि त ठूला ठूला खानी उत्खनन गरिएका छन् ’–उनले भने ।