२८ श्रावण २०८३, बिहिबार

आर्थिक मन्दीको मुख्य समाधान नै उर्जा उत्पादन हो, पीपीए खुला गरे ४ खर्ब विदेशी पैसा आउँछ : अध्यक्ष अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष विष्णु कुमार अग्रवालले सरकारले अर्थतन्त्र चलायमान बनाउन उर्जा उत्पादनमा जोड दिनुपर्ने बताए ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २१औं बार्षिक साधारण सभामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्रले मन्दि तर्फ गईरहेको अवस्थामा यसलाई रोक्न उर्जा उत्पादनमा ध्यान दिनुपर्ने बताए । आथिक मन्दीको एक मुख्य समाधान विन्दु नै उर्जा उत्पादन रहेको उनको भनाई छ ।

उनले भने,–‘ नेपाल अर्थतन्त्र चलायमान बनाउन उर्जा उत्पादनमा जोड दिनुपर्छ । उर्जा विकासको लागि सरकार पनि लाग्नुपर्छ, आर्थिक मन्दीको एक मुख्य समाधानको बिन्दु भनेको नै उर्जा हो।’

सोही अवसरमा उनले पीपीए खोल्ने वातावरण मिलाउनुपर्नेमा जोड दिए । पीपीए खुला गरेपछि झण्डै ४ खर्ब विदेशी पैसा भित्र्याउन सकिने उनको भनाई थियो । ‘अब छिट्टै पीपीए खोल्ने वातावरण मिलाउनुपर्छ, पीपीए खुल्ला गरे ४ खर्ब हाराहारीमा विदेशी पैसा भित्र्याउन सकिन्छ’– अध्यक्ष अग्रवालले भने ।