‘माइक्रोफाइनान्सलाई रेगुलेसन हुन्छ, सहकारीमा राष्ट्र बैंक छिर्न चाहान्न’: गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले रेगुलेसन गर्ने बताएका छन् ।
नेपाल व्यवस्थापन संघ (म्यान)ले बिहीबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सम्वन्धी अन्तरक्रिया कार्यक्रममा गभर्ननरले यस्तो बताएका हुन् ।
पछिल्लो समयमा देखिएका माइक्रोफाइनान्सको समस्याको दीर्घकालिन समधान हुने गरि अघि बढेको उनले बताए । ‘माइक्रोफाइनान्सको योगदान हामीले बिर्सनु हुँदैन ।माइक्राफाइनान्सलाई राष्ट्र बैंकले रेगुलाइज गर्छ’– गभर्नर अधिकारीले भने ।
राष्ट्र बैंकले माइक्रोफाइनान्समा देखिएका समस्या समाधान हुने गरि नीति बनाउन लागेको उनले जानकारी गराए । उनले भने– ‘अहिले माइक्रोफाइनान्समा देखिएका समस्या समाधानका लागि हामीले कमिटि बनाएर का अघि बढाएका छौं । त्यो कमिटिले तयार गरेको रिर्पोटका आधारमा अब माइक्रोफाइनान्सलाई कस्तो नीति आवश्यक छ, त्यही अनुसार नै हुन्छ ।’
नेपालको ग्रामिण अर्थतन्त्रमा माइक्रोफाइनान्सले दिएको योगदान भुल्न नहुने उनको भनाई थियो । ‘कर्जा लिएपछि तिर्दिन भन्न मिल्दैन, तिर्नुपर्छ । कर्जाग्राहीले तिर्दिन भन्यो भने फाइनान्सियल स्टिम नै बिग्रन्छ । केही संस्थाहरुले विकृति गर्यो भने तिनीहरु कारवाहीमा पर्छन ।’
तर, सहकारीमा भने राष्ट्र छिर्न नचाहेको उनको भनाई छ ।‘सहकारीहरुले अहिले सेल्फ रेगुलेटेड सिद्धान्तमा चलिरहेको छन् । सकेसम्म राष्ट्र बैंक छिर्न चाहाँदैन’–गभर्नर अधिकारीले भने ।
पछिल्लो समय सहकारी समाधानका लागि छुट्टै कमिटि बनाएर अघि बढेको अधिकारी बताए । सोही कमिटिले बनाएको कार्यविधि अनुसार सहकारीमा आएका समस्या सजिलै समाधान गर्न सकिने उनको भनाई थियो ।













