ललितपुरको कुसुन्तीमा खुल्यो १५ करोड लागतमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर
काठमाडौं । एमजी सर्भिस सेन्टरले १५ करोड लागतमा ललितपुरको कुसुन्तीमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर उद्धाटन गरेको छ ।
नेपाली ग्राहकहरुको आवश्यकतालाई सम्बोधन गर्न सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले जनाएको छ । सर्भिस सेन्टरले एमजीका नेपाली ग्राहकहरुलाई सर्वोत्कृष्ट आफ्टर सेल्स सेवा प्रदान गर्नुका साथै उच्चतम अनुभव सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
३२,८४६ वर्ग फिट ६ रोपनीको क्षेत्रमा फैलिएको सर्भिस सेन्टरमा थुप्रै सर्भिस एरियाहरू फराकिला बेटिंग लाउन्जहरू, कस्ट सर्भिस डेस्कहरू सुसज्जित मेन्टेनेन्स र रिपेयर सेक्सनहरू पर्याप्त स्टोरेजको सुविधाहरू उपलब्ध छ ।
नयाँ सर्भिस सेन्टरले आधुनिक पूर्वाधार, अत्याधुनिक उपकरण तथा अटोमोटिभ प्रविधिहरूमा प्रशिक्षित उच्च दक्ष प्राविधिकहरूको टोली रहेका छन् । एमजीका गाडीहरूलाई उच्च स्तरीय मर्मत तथा वारेन्टी आवश्यकताहरू प्रदान गर्न ग्राहकहरुलाई व्यापक, सहज तथा प्रभावकारी आफ्टर सेल्स सेवा प्रदान गर्न यस सि सेन्टरको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
नयाँ सर्भिस सेन्टरको उद्घाटनको बारेमा बोल्दै प्यारामाउन्ट मोटर्सका सीईओ सि अर्याल भने, ’हाम्रा ग्राहकहरूलाई सर्वोत्कृष्ट सेवा प्रदान गर्ने निरन्तर प्रतिवद्ध अन्तर्गत कुसुन्तीमा यस अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन गर्न पाउँदा हामी हर्षित छौं । यस सर्भिस सेन्टरले ग्राहकवर्गलाई विश्व स्तरीय अनुभव प्रदान गर्दै सावधानीपूर्वक विशेषज्ञताका साथ एमजी गाडीहरु सर्भिस गरिनेमा विश्वस्त हुन सकिन्छ ।’













