राष्ट्रिय वाणिज्य बैंकका ऋणिलाई राहत, असार मसान्त भित्र कर्जाको ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट
काठमाडौं । राष्ट्रिय वाणिज्इ बैंकले असार मसान्तसम्म सबै प्रकारको कर्जा ब्याज भुक्तानीमा छुट दिने भएको छ ।
बैंकले राष्ट्रको व्यवसायीक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै असार सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत रकम सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको हो ।
बैंकका अनुसार ब्याज जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको (ओभरड्यू, नरमल) तथा पेनाल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत छुट हुनेछ ।
ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिने बैंकले जनाएको छ । यसले सम्वन्धित ऋणीलाई केही राहत मिल्ने बैंकको विश्वास छ । उक्त अवसरको लाभ लिन बैंकले सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध समेत गरेको छ ।













