७ श्रावण २०८३, बिहिबार

क्रसर उद्योगको लाइसेन्स नविकरण प्रक्रिया सहज बनाउन सरकारलाई महासंघको अल्टीमेटम



काठमाडौं । आगामी असार १६ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा बालुवा बिक्री वितरण र उत्पादन बन्द हुने भएको छ ।

नेपाल क्रसर थता खानी उद्योग व्यवसायी महासंघले अनिश्चितका लागि सम्पूर्ण क्रसर, खानी तथा बालुवा उद्योगहरुको बिक्री वितरण तथा उत्पादन कार्य ठप्प पार्ने चेतावनी दिएका छन् ।

सरकारबाट कानून बमोजिम दर्ता भई इजाजत लिई संचालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरु असार १५ गतेभित्र नविकरण गर्न मातहतका निकायहरुलाई लिखित स्पष्ट निर्देशन नदिए महासंले व्यवसाय बन्द गर्ने निर्णय गरेको हो । तोकिएका सबै मापदण्ड पूरा गरी सरकारलाई बुझाउनुपर्ने सबै राजस्व बुझाउँदा पनि क्रसर उद्योग नवीकरण हुन नसकेको महासंघले जनाएको छ ।

गत माघ ११ गतेको मन्त्रिपरिषद्को निर्णयबाट दर्ता भई हाल सञ्चालनमा रहेका तर मापदण्डलगायतका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा ती उद्योगबाट कानुन बमोजिम लाग्ने कर, दस्तुर, शुल्कलगायतका राजस्व लिई २०८० असार मसान्तसम्म यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको थियो । तर, सोही निर्णय अनुसार तोकिएको निकायबाट हालसम्म कुनै पनि निर्देशन कार्यान्वयन नभई उद्योगहरु नविकरण नभएको महासंघका अध्यक्ष सिताराम न्यौपानेले बताए । ‘हाम्रा उद्योगी व्यवसायीहरु जिल्ला जिल्लामा रहेका सरकारका निकाय घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शूल्कलगायतका राजस्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाइ रकम बुझ्न नमानेको र उद्योग नवीकरण नभएको अवस्था छ’–अध्यक्ष न्यौपानेले भने ।


प्रतिक्रिया दिनुहोस्