२७ श्रावण २०८३, बुधबार

बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच समझौता



कामाडौं । बैंकर्स संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपालबीच समझौता भएको छ । कम्पनीले पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न एक सम्झौतापत्रमा हस्ताक्षर गरेको हो।

यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा अवस्थित University of Pompeu Fabra Barcelona School of Management (UPF-BSM) को वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ ।

सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा ESG सँग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ । सो सम्झौता पत्रमा संघका अध्यक्षसुनिल के.सी. र IIN का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका थिए ।