आर्थिक मन्दीको असर: ४० प्रतिशतले घट्यो रक्सीको व्यापार
काठमाडौं । मदिराको व्यापार घटेको छ । आर्थिक संकटका कारण मदिरा खपतमा गिरावट आएको हो । गत वर्ष मदिराको व्यापार दोहोरो अंकमा वृद्धि भएको थियो । तर, यस वर्ष भने करिव आधा घटेको पाईएको छ ।
मदिरा व्यवसायीबाट प्राप्त तथ्याङ्क अनुसार रक्सीको व्यापारमा ४० प्रतिशतसम्मको गिरावट देखिएको छ । विशेषगरि आर्थिक मन्दीका कारण नै यस्तो व्यापार घट्न पुगेको हो । तर, गत वर्ष भने मदिरा व्यवसाय समग्रमा १० प्रतिशतले बढेको थियो । यस वर्ष बजारमा चालु पुँजीको अभाव, बैंकहरुले ऋण प्रवाहमा कडाई, व्याजदर वृद्धिले यस क्षेत्रमा लगानीको अभाव रहेको छ ।
यता, उपभोक्ताको क्रयशक्तीमा ह्रास आएको छ, जसले मदिराको व्यापारमा समेत प्रभाव पारेको छ । उपभोक्ताको क्रयशक्तिमा आएको गिरावट मदिराको कारोबार घटेको एक व्यवसायीले बताए । ‘नेपाली अर्थमन्त्र नकरात्मक बन्दा आर्थिक क्रियाकलाप, सार्वजनिक सेवाप्रवाह, आवतजावतका गतिविधिहरुमा संकुचन आएको छ । आर्थिक गतिविधिलाई चलायमान बनाउने कैयौं क्षेत्रहरु शिथिल छन् । उपभोक्ताको खर्च गर्ने क्षमता खस्किएको अवस्था छ । यस्ता कारण पनि मदिरा व्यापारमा कमी आएको हो ’–उनले भने ।
मदिराको व्यापार विवाह, भोजभतेर, जमघट र सभ तथा सम्मेलन जस्ता आयोजनाहरुमा बढी हुने गरकोे छ । तर, पछिल्लो समय आएको आर्थिक मन्दीले यस्ता गतिविधि पनि कम हुने गरेका छन् । व्यक्ति र संस्थागत खर्च गर्ने प्रवृत्तिलाई पनि घटेको छ । जसले व्यासायमा असर गरिरहेको छ ।
विशेषशत: ७० यूपि बाहेकका रक्सीको व्यापार ३० प्रतिशतदेखि ४० प्रतिशतसम्म घटेको बताइन्छन् । तर, बियरको भने गत वर्षकै हाराहारीमा कारोबार भएको व्यवसायीहरुको भनाई छ । ‘यस वर्ष १ करोड ८० लाख कार्टुन बियर खपत भएको छ भने ७० युपिको रक्सी १ करोड कार्टुन खपत भएको छ । यस वर्ष १ करोड ८० लाख कार्टुन बियर र ७० युपिको रक्सी १ करोड कार्टुन खपत भएको छ । अन्य रक्सी ३० लाख कार्टुन खपत भयो’– मदिरा व्यवसायीले भने ।













