के-के छन् आगामी मौद्रिक नीतिमा उद्योग संगठन मोरङले राष्ट्र बैंकलाई दिएको १९ बुँदे सुझावहरु ?
काठमाडौं । उद्योग संगठन मोरङले आगामी आर्थिक बर्ष २०८०।८१ को मौद्रिक नीतिका लागि सुझाव प्रस्तुत गरेको छ ।
संगठनले नेपाल राष्ट्र बैंक पत्र मार्फत १९ बुँदे सुझाव पेश गरेको हो । संगठनका अध्यक्ष राकेश सुरानाले समग्र अर्थतन्त्रमा देखा परेको संकुचन, बजारमा प्रभावकारी मागको अभाव, ब्याजदर बृद्धि, मूल्य बृद्धि, बढ्दो आयात, बैदेशिक व्यापार असन्तुलन लगायतका कारणबाट मुलुकको अर्थतन्त्र संकटोन्मुख रहेको अवस्थामा मौद्रिक नीतिले बजार चलायमान गर्ने गरि नीतिगत क्षेत्रमा गर्नुपर्ने सुधारका विविध पक्षलाई अध्ययन गरि व्यवहारिक सुझाव दिएको बताए ।
उनले चालूपँजी कर्जा निर्देशन मार्फत चालूपूँजी कर्जामा लगाइएको सिमाका कारण बजारमा मन्दी छाएको अवस्थामा आगामी मौद्रिक नीतिले उत्पादनमुलक उद्योगमा प्रवाह हुने कर्जाको ब्याज दर एक अकंमा कायम हुने गरि स्वदेशी उद्योग, निर्यातमुलक उद्योग तथा समग्र उत्पादनशिल क्षेत्रलाई चलायमान बनाउदै वित्तिय सन्तुलन कायम हुने गरि मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन ।
यस्ता छन् १९ बुँदे सुझावहरु













