उद्योगलाई जग्गामा हदबन्दी नलाग्ने स्पष्ट व्यवस्था गरिनुपर्छः अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसघ (सिएनआइ) का अध्यक्ष बिष्णु कुमार अग्रवालले उद्योगलाई जग्गामा हदबन्दी नलाग्ने स्पष्ट व्यवस्था गरिनुपर्ने बताए
सिएनआइको २० औं वार्षिक साधारणसभामा अध्यक्ष अग्रवालले यस्तो बताएका हुन । उनले भने, “चालु बजेट र आगामी बजेटमा पनि जग्गा हदबन्दीको विषय उल्लेख गरिएको छ । यस विषयमा यसै वर्ष अध्ययन गरी उद्योगलाई प्रबर्द्धन हुने गरी स्पष्ट नीति बनाउनुपर्छ ।”
यसका साथै यो समस्या समाधानका लागि औद्योगिक क्षेत्र कार्यान्वयन तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) मा संचालन गर्ने वातावरण बनाउनुपर्ने अध्यक्ष अग्रवालले बताए । सरकारबाट उद्योग तथा लगानी प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने कानूनी व्यवस्थालाई एकीकृत गर्दै उद्योगलाई पर्ने समस्या समाधान तथा उनीहरूले पाउने सुविधा तथा सहुलियत एकै स्थानबाट उपलब्ध गराउन औद्योगिक विकास रणनीति तर्जुमा गरी कार्यान्वयन गरिनुपर्ने उनले बताए । एकीकृत औद्योगिक विकास रणनीति तर्जुमा गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।













