बाइक किन्दै हुुनुहुन्छ ? बेनेलीको मोटरसाइकलमा पाउनुहोस् ६० हजारसम्म छुट
काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले विगत ८ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ । चालकहरुको रोजाइ र बजारको मागलाई ध्यानमा राखी नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्गले २०१५ मा आयात शुरु गरि आएको हो ।
अहिले बजारमा केटि एमले बेनेलीको १२५ सिसि देखि ७५२ सिसि सम्मको मोटरबाईक वित्री वितरण गर्दै आएको छ । केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले बेनेली मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता रहेको छ । नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकल र स्कुटरको मागलाई पूरा गरिरहेको बेनेलीले राम्रो माईलेज दिनुका साथै सुहाउँदो मूल्यमा मोटरसाइकल तथा पाटपूर्जाहरु सजिलै उपलब्ध गराउदै आएको छ ।
आ.व. २०८०/०८१ को नयाँ बजेट पश्चात् आजबाट लागु हुने गरी बेनेलीका निम्न मोडलका मोटरसाइकलहरुको मूल्यमा ६०,००० सम्मको छुट गरी बजारमा बिक्री गर्ने कम्पनीले जनाएको छ ।














