आइएमई लाइफ: दोहोरो अंकमा बिजनेश ग्रोथ, नयाँ व्यवासय भित्र्याउन पनि आक्रामक
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी व्यवसाय विस्तारमा आक्रामक देखिएको छ । बैंकको व्यवसाय दोहोरो अंकमा वृद्धि भएको छ ।
कम्पनीले एक वर्षको अवधिमा थप ७० करोड ७४ लाख रुपैयाँ बढीको विजनेश गर्न सफल भएको छ । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा कम्पनीले २ अर्ब ८५ करोड ४२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । तर, यस वर्षको समिक्षा अवधिको तुलनामा भने २४.७८ प्रतिशतले वृद्धि भएको छ । योसंगै चालु आवको ११ महिनामा कम्पनीले ३ अर्ब ५६ करोड १७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
कम्पनीले नयाँ व्यवसाय (प्रथम बीमा शुल्क) विस्तारलाई पनि निकै तिव्रताका साथ अघि बढाएको छ । चालु आवको जेठ मसान्तसम्म आईपुग्दा कम्पनीले १ अर्ब १८ करोड ८५ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएको छ । समिक्षा अवधिमा नविकरण मार्फत कम्पनलिे २ अर्ब ३७ करोड ३१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत आवको जेठ महिनासम्ममा कम्पनीले १ अर्ब १३ करोड ९२ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय गरेको थियो । समिक्षा अवधिमा कम्पनीको नविकरण मार्फत उठ्ने बीमा शुल्क भने १ अर्ब ७१ करोड ४९ लाख रुपैयाँ रहेको थियो । गत आवको ११ महिनामा कम्पनीको कुल सक्रिय रहेको बीमालेखको संख्या १ लाख १५ हजार ६०६ रहेको छ । तर, चालु आवको सोही अवधिमा भने १ लाख ४ हजार १०० बीमालेख सक्रिय देखिएका छन् ।
मासिक ३२ करोड ३७ लाखको बिजनेश ग्रोथ, नयाँ व्यवसाय भने झण्डै ११ करोड नजिक
आइएमई लाइफले औसतमा मासिक ३२ करोड माथिको बिजनेश गरेको छ । मासिक तथ्याङ्कअनुसार कम्पनीले औसतमा ३२ करोड ३७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको देखिएको छ । सो मध्ये नयाँ व्यवसाय विस्तार पनि उत्तिकै बढेको पाइएको छ । कम्पनीको नयाँ व्यसाय पनि मासिक झड ११ करोड रुपैयाँको अनुपातमा भएको छ ।
नविकरण भने साढे २१ करोड बढी देखिएको छ । चालु आवको ११ महिनाको तथ्याङ्क अनुसार कम्पनीले सवा अर्बको नयाँ व्यवासय गरेको छ । चालु आवको जेठ महिनामा मात्रै कम्पनीले १३ करोड ८१ लाख रुपैैयाँको नयाँ गरेको थियो । मासिक तथ्याङ्कअनुसार चालु आवमा सबैभन्दा धेरै गत पुसमा १७ करोड ८३ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय कम्पनीले भित्र्याएको थियो ।
चालु आवको पहिलो र दोस्रो महिनामा कम्पनीले ६ करोड ७० लाख रुपैयाँ हाराहारीमा नयाँ व्यवसाय गरेका थिए । त्यसपछि क्रमश: वृद्धि भएको छ । असोजमा ८ करोड ८७ लाख, कात्तिक ९ करोड १ लाख र मंसिरमा ११ करोड ४४ लाख रुपैयाँको नयाँ व्यवसाय गरेको थियो ।
यस्तै, गत माघमा भने कम्पनीको नयाँ व्यवसाय घटेको थियो । सो महिनामा कम्पनीले १० करोड ८२ लाख रुपैयाँ बराबरको नयाँ विजनेश गरेको हो । फागुनमा बढेर ११ करोड ३७ लाख, चैतमा १३ करोड २२ लाख रुपैयाँ बराबरको नयाँ व्यवासय गरेको थियो । गत बैशाखमा भने घटेर ९ करोड ५ लाख रुपैयाँ कायम भएको थियो ।
वैदेशिक रोजगार बीमाबाट उठायो ४० करोड प्रिमियम, १ लाख पोलेसी सक्रिय
चालु आवको ११ महिनामा आइएमई लाइफले वैदेशिक रोजगार बीमा मार्फत करिव ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले जेठ मसान्तसम्ममा ३९ करोड ९७ लाख रुपैयाँ वैदेशिक रोजगार बीमाबाट प्रिमियम उठाएको हो ।
सो अवधिमा कम्पनीको सक्रिय बीमालेखको संख्या भने १ लाख ४८० वटा देखिएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदार आएमई लाइफबाट सो बराबरको पोलेसी सक्रिय देखिएको हो ।
कम्पनीले जेठ महिनामा मात्रै ८ हजार २८३ वटा वैदेशिक बीमालेख जारी गरेको छ । सो बीमालेख बिक्री गरि कम्पनीले एक महिनामै ३ करोड २९ लाख रुपैयाँ बढी बीमा शूल्क आर्जन गरेको हो ।
आइएमई लाइफको व्यवसाय: मासिक तथ्याङ्क














