९ श्रावण २०८३, शनिबार

निर्जीवन बीमा कम्पनीहरुको बीमा शुल्क ३६ अर्ब १९ करोडमाथि, कुनको कति ?



काठमाडौं । जेठ मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३६ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार निर्जीवन बीमा कम्पनीले जेठसम्ममा मात्र ३६ अर्ब १९ करोड ८८ लाख ३९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा ४ अर्ब ७६ करोड ८ लाख ३७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका छ ।

साथै, दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ८ करोड ८६ लाख २५ हजार रुपैयाँ, तेस्रो नम्बरमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १ करोड ७४ लाख ४७ हजार रुपैयाँ, चौथो नम्बरमा युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब १४ करोड ६७ लाख ९१ ह्जार रुपैयाँ र पाँचौ नम्बरमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ६ करोड २३ लाख ८३ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

साथै, बीमा शुल्क आर्जन गर्नेमा क्रमशः आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब १ करोड ९९ लाख ८६ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ६६ करोड ९४ लाख ९८ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब २६ करोड २३ लाख ७३ हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब १४ करोड ८३ लाख ४५ हजार रुपैयाँ, र सानिमा जिआईसी इन्स्योरेन्सले २ अर्ब ४ करोड ८१ लाख ९४ हजार रुपैयाँ रहेको छ ।

साथै, नेपाल इन्स्योरेन्सले १ अर्ब ४१ करोड ३ लाख ४२ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ४० करोड ७७ लाख ५४ हजार रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब २४ करोड ८६ लाख ८४ हजार रुपैयाँ, नेशनल इन्स्योरेन्सले ९० करोड ७५ लाख ८१ ह्जार रुपैयाँ ब्यवसाय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्