९ श्रावण २०८३, शनिबार

जेठ महिनामा मात्र निर्जीवन बीमा कम्पनीको ब्यवसाय साढे तीन अर्बमाथि, कुनको कति ?



काठमाडौं । एक महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले ३ अर्ब ५० करोड रुपैयाँ माथिको बीमा शुल्क आर्जन गरेका छन् । हाल संचालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले जेठ महिनामा मात्र ३ अर्ब ५० करोड ९२ लाख २८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार जेठ मात्र सबै भन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा ५७ करोड १९ लाख ४७ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

साथै, दोस्रो नम्बरमा सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले ३६ करोड ७८ लाख ३९ हजार रुपैयाँ, तेस्रो नम्बरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३५ करोड ७८ लाख ४७ हजार रुपैयाँ, चौथो नम्बरमा शिखर इन्स्योरेन्सले ३३ करोड ३८ लााख ८४ हजार रुपैयाँ, पाँचौ नम्बरमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३१ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, बीमा शुल्क आर्जन गर्नेमा क्रमशः युनाइटेड अजोड इन्स्योरेन्सले २७ करोड ८६ लाख ८९ हजार रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले २३ करोड ७२ लाख १८ हजार रुपैयाँ, सानिमा जिआईसी इन्स्योरेन्सले २२ करोड ७६ लाख ८६ हजार रुपैयाँ, नेको इन्स्योरेन्सले २१ करोड १ लाख ५० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १६ करोड २ लाख ७९ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले १३ करोड ८५ लाख ४८ हजार रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३ करोड ६६ लाख ९६ हजार रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले ८ करोड ७८ लाख ४६ हजार रुपैयाँ र नेशनल लाइफले ८ करोड ३३ लाख ६५ हजार रुपैयाँ रुपैयाँ ब्यवसाय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्