सनराइज क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने अनुरोध
काठमाडौं । सनराइज क्यापिटल लिमिटेडले डिम्याट खाता नविकरण गर्ने भनेको छ । कम्पनीले क्यापिटल तथा सनराइज बैंकको शाखा कार्यालय मार्फत हितग्राही खाता खोलेका ग्राहकहरुले नविकरण गर्ने भनेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७९।०८० को हितग्राही खाता संचालन गरे बापतको वार्षिक शुल्क एक सय रुपैयाँ बुझाउन अनुरोध गरेको छ ।
असार मसान्तभित्र नविकरण नगरेको खण्डमा डिम्याट खाता फ्रिज हुने कम्पनीले जनाएको छ ।














