२६ श्रावण २०८३, मंगलबार

चौधरी ग्रुपले भक्तपुरमा खोल्यो सिजी डिजिटलको २३औं मल्टी ब्रान्ड शोरुम, पूर्व मन्त्री बस्नेतले गरे उद्घाटन



काठमाडौं । चौधरी ग्रुपले शोरुम सीजी डिजिटलको नयाँ तथा भव्य मल्टि ब्रान्ड शोरुमको २३औं शाखा भक्तपुरको गठ्ठाघरमा खोलेको छ । सो शोरुमको उद्घाटन नेकपा एमालेका नेता पूर्व मन्त्री महेश बस्नेत गरेका गरेका छन् ।

सिजी डिजिटलको शोरुममा विभिन्न विश्व उत्कृष्ट ब्रान्डहरु एलजी, सिजी, गोदरेज, सेन्सेइ, क्रम्पटन लगायतका घरायसी विद्युतीय सामाग्रीहरु रहने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलइडी टीभी, वासिङ्ग मेसिन, रेफ्रिजेनेटर, माइक्रो वेभ ओभेन, भ्याकुम क्लिनर, म्युजिक सिस्टम, राइस कुकुर, स्मार्ट डोमेस्टिक अप्लाईन्सेस लगायतका थुप्रै सामग्रीहरु रहनेछन् ।

ग्राउन्ड फलरको २२५० स्क्वायर फिट क्षेत्रफलमा बनेको सिजी डिजिटलको शोरुम, गट्ठाघर चोकको मुख्य व्यापारिक केन्द्रमा पर्छ जहाँ नि:शुल्क पार्किङको पनि व्यवस्था रहेको छ ।

भक्तपुरको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रियस्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उद्देश्यसहित यो शोरुम संचालन गरिएको कम्पनीले जनाएको छ ।
शोरुम हप्ताको सातै दिन बिहान १० बजेदेखि साँझ ७:३० बजेसम्म संचालन हुने छ। शोरुम ओपेनिङमा कम्पनीले विशेष छुट पनि दिइरहेको छ।

शून्य प्रतिशत किस्ताबन्दी, फ्री गिफ्टका साथै एक्सचेन्ज अफरको सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ । चौधरी ग्रुपले काठमाडौं लगायत इटहरी, हेटौंडा, भरतपुर, विराटनगर र पोखरामा पनि सिजी डिजिटल शोरुम संचालन गरिरहेको छ। आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न सहरमा बिस्तार गरिने पनि कम्पनीले जनाएको छ।