२७ श्रावण २०८३, बुधबार

बजाजको एनएस २०० र १६० बजारमा , यस्ता छन् विशेषता



काठमाडौं । बजाजको नयाँँ दुई बाइक बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको हो ।

गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने,“हाम्रा दुई नयाँ बाइकहरू पल्सर एनएस २०० र एनएस १६० बजारमा ल्याउन पाउँदा हामी एकदमै उत्साहित छौँ । नयाँँ नयाँँ विशेषता सहितको अत्याधुनिक बाइकहरु ल्याएर हाम्रा राइडरहरुको राइडिङ अनुभवलाई निरन्तर परिष्कृत गर्दै लैजाने हाम्रो प्रतिबद्धता रहने छ । बजाजका यी नयाँँ बाइकहरुले पनि सधैंँ झैँ नेपाली राइडरहरुको विश्वास जित्नेछन् भन्ने विश्वास हामीले लिएका छौँ ।″

पल्सर एनएस २०० मा १९९.५ सीसीको लिक्विड कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको अत्याधुनिक BSVI इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपिएममा २४.५ पिएसको पावर आउटपुट र ८००० आरपिएममा १८.७४ एनएमको टर्क प्रदान गर्दै यो पावरहाउसले रोमाञ्चक एस्क्सिलरेसन र उत्साहजनक पर्फर्मेन्स प्रदान गर्दछ ।

पल्सर एनएस १६० यूएसडीमा १६०.३ सीसीको आयल कूल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजी सहितको BSVI इन्जिन रहेको छ । ९००० आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४.६ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गती र प्रतिक्रियाशील कार्यसम्पादन दिन्छ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ पल्सरएनएस १६० यूएसडीले सबैको ध्यान आकर्षित गर्छ । साहसिक पल्सर एनएस १६० यूएसडीको उत्कृष्ट ह्यान्डलिङ र गतिशीलता संग कुनै सीमा रहने छैन ।

राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यि दुबै पल्सर एनएस २०० यूएसडी र पल्सर एनएस १६० यूएसडीमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ जसले गर्दा तपाईंले निश्चित स्टपिङ पावर र भरपर्दो नियन्त्रणको साथ जस्तोसुकै सडकमा पनि निर्धक्क भई चलाउन सक्नुहुन्छ । यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्दछ ।

यि दुबैमा ३३ एमएम अपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रियर नाइट्रोक्स मोनो शक सस्पेन्सनको संयोजनमा राईडरले कुनै पनि सडकमा सजिलैसँग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्नेछन् ।यसमा रहेको न्यु स्पोर्टि ग्राफिक्सको स्लीक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउँछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्दछ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउँछ ।

पल्सर एनएस २०० र एनएस १६० अहिले नेपाली बजारमा क्रमशः ४ लाख २४ हजार नौ सय र तीन लाख ८४ हजार नौ सयमा उपलब्ध रहेको छ ।