भगवती मावि तलाराको एसईईमा उत्कृष्ट छबि कायमै, ४ विद्यार्थीको जिपिए ३.६ माथि
काठमाडौं । डोटी जिल्लाको दुर्गम क्षेत्रकोे सामुदायिक विद्यालय भगवती माध्यमिक विद्यालयले यस वर्षपनि एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । सामुदायिक विद्यालयको रुपमा आफ्नो उत्कृष्ट छबि बनाउदैं आएको यस विद्यालयले यस पटक पनि राम्रो नतिजा ल्याएको हो ।
डोटीको आदर्श गाउपालिका वडा नम्बर ५ तलारामा रहेको विद्यालयस सधैका वर्ष झै यो वर्ष पनि उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । विद्यालयबाट तीन जनाले ३.६५ र एक जनाले ३.६० जिपिए ल्याउन सफल भएका छन् ।
कुल ६१जना विद्यार्थी परीक्षामा सम्मिलित भएकोमा ४ जना ३.६ देखि ४.० जिपिएसम्म, ८ जना ३.२ देखि ३.६ जिपिएसम्म, ११ जना २.८ देखि ३.२ जिपिएसम्म, १८ जना २.४ देखि २.८ जिपिएसम्म, १३ जना २.० देखि २.४ जिपिए सम्म र ७ जना १.६ देखि २.० जिपिए ल्याएका हुन् ।













