सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकप्टर सम्पर्कविहीन भएको छ । लुक्लानजिकै सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर सम्पर्कविहीन भएको हो ।
सो हेलिकप्टर बिहान १० बजेर ५ मिनेटमा उडेको थियो । तर, उडेको करिव ५ मिनेटपछि सम्पर्कविहीन रहेको उनको भनाइ छ । उक्त हेलिकप्टरमा पाइलटसहित ६ जना यात्रु रहेको बताइएको छ ।












