९ श्रावण २०८३, शनिबार

बीमक संघले भन्यो,-‘पुनर्बीमा निर्देशिका तत्काल खारेज गरियोस्, बीमा बजारमा भयावह जोखिम ल्याउँछ’



काठमाडौं । नेपाल बीमक संघले पुनर्बीमा निर्देशिका २०८० संशोधन गर्नका लागि माग गरेको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको पुनर्बीमा निर्देशिका २०८० ले जोखिम बढाएको भन्दै सघंले संसोधन गर्न भनेको हो ।

निर्देशिकाको केही व्यवस्थाले बीमा बजारमा भयावह जोखिम निम्त्याउने संघको ठहर छ । बीमकको पुनर्बीमा निर्देशिका, २०८० को दफा ७ र ८ अनुसार स्वदेशी पुनर्बीमकलाई व्यवसाय गर्न बाध्यात्मक अवस्था सृजना गरेको संघले जनाएको छ । जसले कुल ४१.२० प्रतिशत. (प्रत्यक्ष र ट्रिटी पुनर्बीमा गरि) जोखिम अर्थात करिव ७ हजार अर्ब जोखिम स्थानीय दुई पुनर्बीमा कम्पनीहरुसंग रहने संघले जनाएको छ । संघले बाध्यकारी व्यवस्था खारेज गरि पुनर्बीमक जोखिम धारण क्षमता अनुसार व्यवसाय प्रदान गर्ने जिम्मेवारी बीमा कम्पनीलाई नै दिन संघले अनुरोध गरेको छ।

स्वतन्त्र पूर्वक व्यापार गर्न पाउने र आफ्नो व्यापार कुन ग्राहकलाई कति दिने भन्ने संवैधानिक स्वतन्त्रता रहेको संघले जनाएको छ । तर, झन् बीमा जस्तो जोखिम धारण गर्ने संस्थाको हकमा जोखिम धारण क्षमता अध्ययन अति आवश्यक हुने संघको भनाई छ ।

ठुलो प्राकृतिक विपत्ती आई परेको अवस्थामा बीमा लगायत आर्थिक क्षेत्रमा नै अत्याधिक नकरात्मक प्रभाव पर्ने संघको ठहर छ । पुनर्बीमा निर्देशका उल्लेख व्यस्थाहरु प्रति संघले असहमति जनाएको छ । सो व्यवस्था तत्काल संसोधन गर्न नियामक निकायलाई संघले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्