२६ श्रावण २०८३, मंगलबार

यती एयरलाइन्सको टिकट खरिदमा ‘प्रोमो कोड’



काठमाडौं । ‘आइएमई पे’ मार्फत यती एयरलाइन्सको टिकट काटी भुक्तानी गर्दा सेवाग्राहीले ५०० रुपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाईट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड “MONSOONYT51” प्रयोग गरी आइएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ । मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको सो छुट यहि असार ३१ गतेसम्म रहने छ।

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुकोमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति,व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध रहेको छ ।