२६ श्रावण २०८३, मंगलबार

साउन ५ गतदेखि ‘लक्ष्मी भ्यालु फण्ड–२’ को ८ करोड इकाई निष्कासनमा आउने



काठमाडौं । लक्ष्मी क्यापिटलले म्युचुअल फण्ड इकाई बिक्री खुला गर्ने भएको छ । क्यापिटलले साउन ५ गतेदेखि बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फण्ड-२’ को कुल ८ करोड इकाई निष्कासन गर्न लागेको हो ।

जस मध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला हुनेछ ।

यसमा न्यूनतम १०० इकाईदेखि अधिकतम ८० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । जसमा साउन ९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा भने साउन १९ गतेस लम्बाइने छ ।