२६ श्रावण २०८३, मंगलबार

राजकीय सम्मानका साथ सीता दाहालको अन्त्येष्टि



काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी दाहालको बुधवार दिउँसो पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दिवङ्गत दाहालको पार्थिव शरीरमा प्रचण्डसहित छोरीहरू रेणु र गङ्गाले दागबत्ती दिएका छन् ।

दाहालको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो । त्यसलगत्तै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै दाहालप्रति सम्मान प्रकट गरेको छ ।