२६ श्रावण २०८३, मंगलबार

काठमाडौं महानगरले छात्रवृत्तिका लागि साउन २० गते परीक्षा लिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा प्रदान गरिने छात्रवृत्तिका लागि आजदेखि अनलाइन आवेदन खुला गरेको छ । महानगरले आगामी साउन २० गते लिने छात्रवृत्ति परीक्षाका लागि आवेदन खुला गरेको हो ।

शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिका आज अर्थात असार २८ गतेदेखि साउन १२ गतेसम्म आवेदन खुला गरेको हो ।

विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा छात्रवृत्ति परीक्षा हुने महानगरको शिक्षा विभागले जनाएको छ ।