७ श्रावण २०८३, बिहिबार

मध्यभोटेकोशी जलविद्युतले नयाँ संचालक समिति गठन



काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ । कम्पनीको असार २० गते नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न साधारण सभाले संचालक समिति चयन गरेको हो ।

कम्पनीको निर्वाचन कार्यक्रमबाट सर्वसाधारण समूह तर्फबाट चार जना संचालन निर्वाचित भएका हुन् । जसमा राम कुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्द प्रसाद पराजुली रहेका छन् । उनीहरुले असार २७ गतेदेखि कार्यभार समालेका हुन् ।

कर्मचारी सञ्चय कोषबाट मनोनित भई साविकमा प्रतिनिधित्व गर्दै आएका कोषका मुख्य प्रबन्धक ध्रुब भट्राई संचालकमा स्वतः नियुक्त भएका हुन् ।

उक्त निर्वाचन तथा परिवर्तन पश्चात हाल कम्पनीको संचालक समिति यस्तो बनेको छ ।


प्रतिक्रिया दिनुहोस्