माछापुच्छ्रे क्यापिटलद्धारा डिम्याट खाता नविकरण गर्ने आग्रह
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।
असार मसान्त अर्थात असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, प्रभु पे, फोन पे मार्फत शुल्क बुझाउन सकिनेछ ।
तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेको खण्डमा उक्त खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।













