२६ श्रावण २०८३, मंगलबार

एनएमबि क्यापिटलले डिम्याट खाता नविकरण गर्न आग्रह



काठमाडौं । एनएमबि क्यापिटलले डिम्याट खाता नविकरण गर्न आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९।०८० सम्मको डिम्याट खाता संचालन गरे बापतको १०० रुपैयाँ नविकरण शुल्क बुझाउन आग्रह गरेको हो ।

असार मसान्त अर्थात असार ३१ गते भित्र उक्त शुल्क इसेवा, कनेक्ट आइपीएस, आइएमई पे, खल्ति, प्रभु पे, मार्फत शुल्क बुझाउन सकिनेछ । तोकिएको अवधिमा शुल्क भुक्तानी नगरेको खण्डमा उक्त खाता रोक्का गर्ने कम्पनीले जनाएको छ ।