प्रभु महालक्ष्मी लाइफको एकिकृत काराेबार शुभारम्भ, बीमा प्राधिकरणका पाैडेलले गरे उदघाटन
काठमाडौं । आजदेखि (असार २९ गते) प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन् । यी दुई कम्पनी एक आपसमा मर्ज भई प्रभु महालक्ष्मीको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।
एकीकृत कारोबारसँगै कम्पनीले आफ्नो केन्द्रिय कार्यालय समेत उद्धाटन गरेको छ । कमलादी काठमाडौंमा केन्द्रिय कार्यालयको उद्धघाटन बीमा प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक राजु रमण पौडेलले गरेका हुन् ।
मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १९ करोड बढी भएको छ ।
फोटोः






यो पनि पढ्नुहोस्:





यो पनि पढ्नुहोस्



दिपक विष्ट/अर्थपथ डटकम













