डिशहोमबाट ‘चिसो मान्छे’ प्रदर्शन हुँदै
काठमाडौं । नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा विशेष प्रर्दशन भइरहेको छ ।
विभिन्न कारणवस हल सम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न सक्नेछन् । “चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८मा दैनिक ८ शो विहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन भइरहेको छ । यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनससंगै नयाँ नयाँ नेपाली चलचित्र हेर्न सिनेमाघर च्यानल नं. १०८ को टिकट निशुल्क पाउन सकिनेछ ।
३ महिना अथवा एक हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा ३२५ रुपैयाँ बराबरको एउटा मुभी टिकट, ६ महिना अथवा दुई हजार रुपैयाँ वा सो भन्दा माथिको रिचार्जमा रु ६५० वरावरको २ ओटा मुभी टिकट, १२ महिना अथवा रु पाँच हजार वा सो भन्दा माथिको रिचार्जमा १३ सय रुपैयाँ बराबरको ४ ओटा मुभी टिकट ग्राहकहरुले पाउने कम्पनीले जानकारी दिएको छ ।
डिशहोमको नियमित प्याकेज रिचार्ज गरेको भोलिपल्ट बिहान ६ बजे पछि ८ अंकको सिनेमाघर च्यानल नं. १०८ को टिकट कुपन नम्बर ग्राहकको रजिष्टर्ड मोवाईल नम्बरमा एसएमएस मार्फत प्राप्त हुनेछ । थप जानकारीका लागि हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं. १६६० ०१ २२०००, ९८०११५५००० वा ०१ ४२१७६६६ मा फोन गर्न सकिनेछ ।













