७ श्रावण २०८३, बिहिबार

बारही हाइड्रोपावरले शत प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो पूर्वस्वीकृति



काठमाडौं। बाराही हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले हकप्रद सेयर निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको हो ।

कम्पनीले आफ्नो ५१ पतिशत सेयर रहेको सिंकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र आफ्नो स्वामित्वमा रहेको ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाटको निर्माणको लागि १ १ अनुपात हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको हकप्रद सेयर निष्काशन प्रस्ताव साधारण सभाले पारित गरेपछि र बजार नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्