२६ श्रावण २०८३, मंगलबार

नागरिक लगानी कोषमा सहभागीहरुले थप १.५ प्रतिशत प्रतिफल पाउने



काठमाडौं । नागरिक लगानी कोषमा सहभागीहरुले थप १.५ प्रतिशत प्रतिफल पाउने भएका छन् । कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको हो ।

कोष सञ्चालक समितिले व्यवस्थापनको राय सिफारिश अनुसार सो प्रतिफल दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो ।

यसभन्दा अघि पनि कोषले १ दशमलव ५ प्रतिशत थप प्रतिफल दिएको थियो । यसरी प्रतिफल वितरण गर्दा कोषले सञ्चालन गरेका सातवटा वचत कार्यक्रहरु मध्ये कर्मचारी वचत वृद्धि अवकाश कोषका सहभागिहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताए । अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ ।