ब्रोकर नम्बर ६३ ले थाल्यो कारोबार
काठमाडौं । हिमालयन ब्रोक्रेज ‘ब्रोकर नम्बर ६३’ कम्पनी लिमिटेडले आफ्नो कारोबार शुभारम्भ गरेको छ । बिहीवार कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजारमा कारोबार शुभारम्भ गरिएको हो ।
कम्पनी प्रवद्र्घक समुह जोय ग्रुपका अध्यक्ष सागर ढकाल एवम् संचालक र कर्मचारीहरूको उपस्थितिमा सानी बालिका आरजु पौडेलले सफ्टवेयर पद्वतिमा आधारित बटम क्लिक गरी सेयर ट्रेडिङ शुभारम्भ गरेका थिए । योसँगै पुँजी बजारको क्षेत्रमा नयाँ कम्पनीहरूले आफ्नो कारोबार थालेका छन् ।
कारोबार शुभारम्भको अवसरमा धितोपत्र ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष समेत रहेका ढकालले पुँजी बजारको क्षेत्रमा बढ्दो आकर्षणलाई सम्बोधन गर्न कम्पनी पूर्ण प्रतिवद्घ रहेको बताउँदै आगामी दिनमा लगानीकर्ताको मनोवल उकास्दै नेपालको सेयर बजारलाई थप सदृढ, विश्वसनीय र प्रतिफलमूलक बनाउँदै लगिने विश्वास व्यक्त गरे ।













