कुमारी क्यापिटलको सीइओमा पुष्प शर्मा
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुष्प शर्मा नियुक्त भएका छन् । आइतबार बसेकोे सञ्चालक समितिको ५८ औँ बैठकले शर्मालाई सीइओमा नियुक्त गरेको हो ।
उनको कार्यकाल आजै अर्थात साउन १ गतेदेखि लागू हुनेछ । शर्माले यसअघि निजले कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी सम्हाल्दै आएका थिए ।
बंैकिङ्ग तथा वित्तीय क्षेत्रमा १३ बर्ष भन्दा बढीको कार्य अनुभव शर्मासंग छ । उनी स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल व्यवस्थापक मानिन्छन् ।

उनी यसअघि अर्थात कुमारी क्यापिटलमा आबद्घ हुनुपुर्व नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा प्रमुख वित्त अधिकृत तथा निमित्त प्रमुख सञ्चालन अधिकृतको रुपमा नेपाल एसबिआई बैंकबाट काजमा रहि कार्यरत थिए ।
उनको कुशल व्यवस्थापकीय क्षमताले आगामी व्यवसाय विस्तार एवं क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने कम्पनीले विश्वास लिएको छ।













