सगरमाथा लुम्बिनी इन्स्योयरेन्स २८औं वर्षमा प्रवेश: साढे चार बीमा शुल्क आर्जन, ३ अर्ब बढी दावी भुक्तानी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) स्थापानाकालको २८औं वर्षमा प्रवेश गरेको छ ।
सलिको साविकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको नेटवर्थ ५ अर्ब ९ करोड छ ।
मर्जपछि कम्पनी थप सशक्त, सवल, गतिशील र विश्वसनीय बीमा सेवा उपलब्ध गराउने प्रण गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ५५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।
सो अवधिमा कम्पनीले ३ अर्ब ९ करोड रुपैयाँ बीमा दावी भुक्तानी दिएको छ । कम्पनीले ३ लाख ११ हजार ३५८ बीमालेख जारी गरेको छ । कम्पनीको देशभर ११३ वटा शाखाहरु मार्फत बीमा सेवा प्रवाह गरेको छ । कम्पनीको समर्पित जनशक्तिको संख्या ६३७ रहेका छन् ।












