२६ श्रावण २०८३, मंगलबार

सिनामंगलमा सुनचाँदी पसल अगाडि शंकास्पद वस्तु फेला



काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासँगै शंकास्पद वस्तु फेला परेको हो ।

खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो । उक्त बस्तु बम भएको हुन सक्ने आशंका पछि नेपाली सेनालाई बोलाइको छ । बम भेटिएको ठाउँमा हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको चिठि समेत फेला परेको छ ।

तस्बिरः भुपाल गौतम/अर्थपथ डटकम