१८ श्रावण २०८३, सोमबार

‘अवैध सुन प्रकरणमा मेरो संलग्नता छैन, नियोजितरूपमा मेरो नाम जोडियो’: व्यवसायी मलहोत्रा



काठमाडौं । व्यवसायी दिपक मलहोत्राले अवैध सुन प्रकरणमा कुनै पनि संलग्नता नभएको बताएका छन् ।

उनले बिहीबार पत्रकार सम्मेलन मार्फत त्रिभुवन विमानस्थानबाट भित्रिएको एक क्वीन्टर सुनमा आफ्नो संंलग्नता नभएको बताएका हुन् ।

उनले भने,– सुन ल्याउने गिरोहलाई जोगाउनलाई नै मेरो नाम जोडिएको हुनुपर्छ । सुन ल्याउने व्यक्तिहरुसंग मेरो कुनै पनि चिनजान छैन ।

उनले आफूलाई जोडेर आएको समाचारप्रति खेद प्रकट समेत गरेका छन् । उनले सुन तस्करीमा आफ्नो नाम नियोजितरूपमा नाम जोडिएको हुनसक्ने बताए ।

सोही अवसरमा व्यवसायी मलहोत्राले आफूले गैरकानुनी रुपमा कुनै पनि व्यवसायिक कारोबार नगरेको दावी गरे । ‘मेरो सबै व्यवसायिक कारोबारहरू कानूनी निकायमा दर्ता छन् र वैध रुपमा नै संचालनमा छ । म र मेरो परिवारले प्रत्यक्ष वा परोक्षरूपमा गैरकानूनी कारोबार गरेको छैन’–मलहोत्राले भने ।