उपत्यका भित्रका विभिन्न ठाउँमा भोलि शनिबार लोडसेडिङ हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यका भित्रका विभिन्न ठाउँमा भोलि अर्थात साउन ६ गते लोडसेडिङ हुने जनाएको छ ।
टेकु सबस्टेसनको स्तरोन्नती गरि टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने काम भएका कारण विद्युत आपूर्ति बन्द हुने भएको हो । प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको अहिलेको इनकमर–१ प्यानल तथा दुई वटामध्ये एक वटा पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द हुुने प्राधिकरणले जनाएको छ ।













