बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन
काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। सरकारले प्रहरी स्कर्टिङमा काठमाडौंबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको हो ।
नुवाकोट र धादिङका स्थानीयले काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका गाडी बञ्चरेडाँडातर्फ लगेको हो । अहिले १५० हाराहारीमा प्रहरी बञ्चरेडाँडामा पठाएको छ ।
काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको छ ।













