२५ श्रावण २०८३, सोमबार

ललिता निवास प्रकरणः आरोपीतहरुलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति



काठमाडौं। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेर अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीतहरु थप ५ दिन प्रहरी हिरासतमा रहने भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको हिरासतमा रहेका आरोपीहरुलाई शुक्रबार जिल्ला अदालत काठमाडौंले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।