१ मंसिर २०८३, मंगलबार

ललिता निवास प्रकारणमा थप एक जना पक्राउ



काठमाडौं । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सो प्रकरणमा आइतबार अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । तत्कालीन नापीका कर्मचारी श्रेष्ठलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो ।