२५ श्रावण २०८३, सोमबार

रेमिट्यान्स बैंक खातामा पठाए १ प्रतिशत थप ब्याज पाइने



काठमाडौं । रेमिट्यान्स बैंक खातामा पैसा पठाउँदा १ प्रतिशत थप ब्याज पाईने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा यस्तो व्यवस्थालाई निरन्तरता दिएको छ ।

विदेशबाट नेपाल भित्रने रेमिट्यान्स बैंक खातामा पठाए १ प्रतिशत थप ब्याज पाउने व्यवस्थालाई निरन्तरता दिइएको हो । मौद्रिक नीतिमा भनिएको छ,–‘बैंक तथा वित्तीय संस्थामा खाता खोली विप्रेषण पठाएमा कम्तिमा एक प्रतिशत थप व्याज दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।’