अपर तामाकोशी हाइड्रोपावरले सेयर अभौतिकीकरण गराउन आग्रह
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले सेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले कर्मचारी र आयोजना प्रभावित स्थानीयलाई सेयर अभौतिकीकरण गर्ने भनेको हो ।
कम्पनीले कर्मचारी सञ्चयकोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता लगाएत कम्पनीमा ऋण लिने र दिने संस्थाका कर्मचारीका लागि आईपीओ जारी गरेको थियो । आयोजना प्रभावित स्थानीयमामा आईपीओ जारी गरेकोमा सो समयमा आईपीओ प्राप्त गर्ने सदस्यहरूलाई भौतिक रुपमै प्रमाणपत्र वितरण गरिएकाले सो प्रमाणपत्र संकलन गर्न बाँकी सेयरधनीहरूलाई आफ्नो प्रमाणपत्र संकलन गरी यथासिघ्र अभौतिभीकरण गर्न कम्पनीले भनेको हो ।
कम्पनीले शतप्रतिशत हकप्रद सेयर साउन २२ गतेदेखि विक्री गर्नछ ।













